Jump to content

User talk:Anilmelvin

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

स्थायी शान्तिका लागि समर्पण र महिला र पुरुषबीचका समानता …अनिल पाण्डे anilmelvin@hotmail.com www.themotherlandnepal.org 08:47, 13 December 2008 (UTC)Anil स्थायी शान्तिको स्रोत के हो भनेर गरिने प्रश्नको जबाफ समान अधिकार र समानुपातिक अवसरमा आधारित हुन्छ । पक्षपात र विभेद अशान्तिका कारक तत्व हुन् भने सहअस्तित्व शान्तिका आधार । एकले अर्कालाई होच्याउने र अभिमान देखाउने प्रवृत्तिका कारण विश्वमा अशान्ति कायम रहेको छ । मै खाउष मै लाउ सुख सयल वा मोज म गरुँ” भन्ने भावना समाजको प्रमुख शत्रु बनेको छ । उदाहरणका लागि महिला र पुरुषबीचको विभेदलाई नै लिन सकिन्छ । हाम्रो समाजमा आज पनि आधा आकाश ढाकेर बसेका महिलाप्रति उचित सम्मान छैन । उनीहरुको योगदानको कदर गिरंदैन । हाम्रो समाजका कतिपय उखान-तुक्का पनि महिलालाई होच्याउने र अपमान गर्ने किसिमका छन् । ुढिलै होस् छोरै होस् छोरी मरी ठूला घरमा परी छोरा पाए खसी छोरी पाए फसर्ी…। यस्ता सयौं अभिव्यक्ति छन् जसमा महिलाको भयानक अपमान भएको छ । तर महिाला नभएको भए पुरुष हुने थिएनन् भन्ने यथार्थलाई ख्यालै गरिन्न । विश्वका चर्चित व्यक्तित्व महात्मा गान्धी आमा नभएका भए जन्मिने थिएनन् । यत्ाि मात्र होइन मोहनदासलाई महात्मा गान्धी बनाउन पनि आमाकै योगदान रहेको छ । उनको जीवनी पढ्दा जानकारी पाइन्छ ुतिमीले जीवनमा कसैको उद्धार गर् यौ भने मात्र तिम्रो जीवन सफल भएको मानिने छ र भगवान पनि त्यसमै प्रसन्न हुन्छन्ु भनेर मोहनदासलाई उनकै आमाले सिकाएकी थिइन् । वास्तबमा मानवजीवन लिने कुरामा होइन अरुलाई प्रदान गर्ने कुरामा सफल हुने गर्दछ । लिनुभन्दा दिन जान्ने व्यक्ति नै सफल ठहरिन्छ । त्याग र समर्पणले मानवजातिको पहिचान उच्च बनाउँछ । दान िदंदा वा अरु कसैलाई सहयोग गर्दा प्राप्त हुने आत्मसन्तुष्टि अतुलनीय हुन्छ । यसलाई कुनै धन रुपियाँ-पैसामा नापतौल गर्न सकिन्न । यसले मनलाई मात्र प्रसन्न बनाउँने होइन शरीरलाई पनि उर्जा र स्वास्थ्य प्रदान गर्दछ । दिनका लागि ुमसँग धन छैन कसलाई के दिनसक्छु रु भनेर चिन्तित पनि हुनुपर्दैन । जोसँग धन छैन उसले ज्ञान दिनसक्छ । बुद्धि र सीप सिकाउँन सक्छ । मनलाई साँघुरो पारेर होइन छाती फराकिलो बनाएर बसेका व्यक्तिहरु नै महात्मा कहलिन्छन् । यसका लागि शान्ति शिक्षाको ज्ञान आर्जन आवश्यक छ । शान्ति शिक्षा चारित्रिक शिक्षा हो । व्यक्तिको चरित्रमा परिवर्तन आयो भने उसले केही सिकेछ भन्नुपर्छ । चारित्रिक विकासबिना यो शिक्षा पूरा हुँदैन । शान्ति शिक्षाले प्रभाव देखाउन थालेपछि मानव चरित्रमा परिवर्तन देखिन्छ । परिवर्तनको नाम नै विकास हो । के तपाईं अँध्यारामा अरुले नदेखे पनि भगवानले देख्छन् भन्नुहुन्छ भगवानमा विश्वास गर्नेहरु यसो भन्छन् पनि । किनभने भगवान सर्वव्यापक र सर्वद्रष्टा हुन्छन् भन्ने धर्मभिरुहरुको मान्यता रहन्छ । तर भगवानमा विश्वास गर्नेहरुसमेत नैतिक ुकानुनु को अवज्ञा गरिरहेका भेटिन्छन् । दुव्र्यसन अनैतिक यौनसम्बन्ध बलात्कार चोरीजस्ता आपराधिक कार्यमा प्रौढहरु नै संलग्न हुन्छन् । यस्ता कामहरु प्रायः अँध्यारोमा नै हुने गर्दछन् । सायद उनीहरुलाई अँध्यारोमा भगवानले देखिरहेका हुँदैनन् । भगवान बुद्धको विचारमा शान्ति प्राप्तिका लागि माध्यम पनि शान्ति नै हुनुपर्छ । ुशान्तिका लागि हतियार उठाउँछु भन्नु आडम्बर मात्र हो । यसले अन्ततोगत्वा अशान्ति नै सिर्जना गर्दछ । स्थायी शान्ति सम्भब हुँदैन । यदि तपाईं बालबालिका लागि शान्तिको पाठ पढाउँनुहुन्छ तर सजाय भने िहंसात्मक दिनुहुन्छ भने शान्ति शिक्षाप्रति नै उनीहरुको ध्यान बिगि्रने छ । उनीहरुले शान्ति शिक्षालाई गम्भीर रुपमा लिने छैनन् । सिकाइ तपाईंले भनेको कुराबाट कम र समाजमा देखिने व्यबहारबाट बढी हुनेगर्दछ । समाजमा अभिभावकले बालबालिकालाई पिटिरहेको झगडा चलिरहेको युद्ध चम्किरहेको र अश्लीलताले प्रश्रय पाइरहेको देखेका बालबालिकाले त्यही नै सिक्छन् । असामाजिक कार्य गर्ने व्यक्ति नै ुबहादुरु कहलिएको अबस्था छ भने त्यसको घातक प्रभाव बालकमा पर्दछ जुन शान्तिशिक्षाका लागि घातक हुनेगर्दछ । हामी िहंसा द्वन्द्व र असामाजिक कार्यमा समय लगाइरहेका छौं । परिणामस्वरुप हाम्रो नयाँ पुस्ता पनि विकृतिको बाटो समाइरहेको छ । उसलाई शान्तिका खेलभन्दा द्वन्द्व र लडाइँका कि्रडा मन पर्छन् । त्यसैले आजका कम्प्युटर गेमहरुमा ९० प्रतिशतभन्दा बढी काटमार र िहंसामा आधारित छन् । त्यही चलेको छ । अश्लीलता यति व्यापक बनेको छ कि कुन प्राकृतिक कि्रडा हो र कुन अप्राकृतिक सम्बन्ध भनेर नयाँ पुस्तालाई छुट्याउन नै मुस्किल पर्ने भएको छ । हाम्रा सन्ततीले पुरातन मान्यता पहिचान र विवेक विस्रने क्रम सुरु भैसकेको छ । राष्ट्रियता मौलिकता र विशेष पहिचान भन्ने बस्तुले नयाँ पुस्तालाई छुन छोडेको छ । यो अत्यन्त भयानक सन्दर्भ हो । यीआदि अवस्थालाई मूल्यांकन गर्दै सत्चरित्र निर्माणका लागि राज्यको नीतिनिर्माण तहबाटै सोचिनु आवश्यक हुनआउँछ । महात्मा गान्धीकी आमा एक चर्चित व्यक्तिकी आमा बनेकीले आज चर्चामा छिन् तर विश्वका सबै आमाहरु यत्तिकै सम्मानित छन् । उनीहरुले पनि हाफ्ना सन्ततीलाई महान बाटो देखाएका छन् । महिला जातिको अपमान यस संसारको आधा भागको अपमान हो । यस प्रवृत्तिले मुलुकमा स्थायी शान्ति ल्याउन िदंदैन ।

दीर्घकालिक शान्तिका लागि समानता र समावेशी सँस्कृतिप्रति चित्त लगाउनु आजको आवश्यकता बनेको छ ।

Start a discussion with Anilmelvin

Start a discussion