User:Anilmelvin
“पछाडि फर्केर हेर्न सिकौं
. अनिल पाण्डे anilmelvin@hotmail.com www.themotherlandnepal.org
“नयाँ नेपाल” कसैले hamilai “रेडिमेड“ dine kura hoean/chhain.
तर यो पक्तिकार ढुक्क छ- यसको प्रारम्भ ” मबाट“ हुनुपर्छ । फलानाले गरिदिए नयाँ नेपाल बन्छ भन्ने सोचले कहिल्यै सुधार हुँदैन ।
संसारको साझा नियती हो मृत्यु विनाश र सिर्जना । भागवत् गीताको मर्म यस ब्रह्माण्डका लागि मार्गनिर्देशक नरहने कुरा पनि होइन । गीता भन्छ “के लिएर आएका थियौ के लिएर जानसक्छु भन्ने सत्यलाई बुझेर काम गर ।” यसको अर्थ हो अनावश्यक लोभ-लालच संकीर्णता र स्वार्थले व्यक्तिलाई असफल बनाउँछ । जीवनबाट असफल र संसारको सत्यबाट विमुख । तर यस सत्यलाई साँचो अर्थमा स्वीकार गर्ने व्यक्तिको ठूलो अनिकाल छ । मानिस घाम जत्तिकै छर्लंग यस यथार्थप्रति आँखा चिम्लेर बसेको छ ।
हितोपदेश उल्लेख गर्दछ “ज्ञान आर्जन गर्दा वा विद्या लिदा म कहिल्यै मर्दिनँ र कर्म गर्दा म अब मरिहाल्छु भन्ने सोचका साथ काम गर्नुपर्दछ ।” यसको आशय हो ज्ञान लिदा मृत्युको स्मरणले मानिसलाई निराश बनायो भने उसले मरिहालिन्छ बेकारमा केको दुःख भन्ने चिन्ताका कारण केही पनि गर्न सक्तैन । तर सुकीर्ति फिजाउने काम गर्नका लागि भने सधैं हतार अनुभव हुनुपर्छ । मुलुकको समुन्नति समाज उत्थान मृत्युपछि पनि संसारले स्मरण गर्ने कार्य र परहितका लागि गर्ने कुनै काम भरे-भोलि भनेर पन्छायो भने परिणाम सुखद् हुनसक्तैन ।
कुरा राजनीतिको गरौं वा अर्थनीतिको । राजनीतिज्ञ होउन् वा कर्मचारीतन्त्रका बलिया पुर्जाहरु नै किन नहोउन् । मुलुक महाशक्ति अमेरिका होस् वा शक्तिहीन नेपाल सर्वत्र लागू हुने नियम हो यो । जब कुनै व्यक्ति अगाडि बढ्छ हिजो म के थिएँ भनेर विश्लेषण गर्नु त कहाँ हो कहाँ विगतलाई सम्झन पनि चाहँदैन । नेपालमा आज संविधानसभा सदस्य बनेका व्यक्तिहरु आम जनताले आतेस मान्ने हदसम्मको आर्थिक उपार्जन गरिरहेका छन् । हिजो संसद्का सदस्यहरुको कमाइ पनि जनतालाई तसा्रउने हदकै थियो । मन्त्री हुने अवसर पाएका व्यक्तिहरु त अर्वपति बने । हिजोका खोसा्रनी माइला वा हात्तीछाप चप्पलवालहरुको आर्थिक प्रगति अनुमान गर्नै नसकिने गरी आकासियो । तर उनीहरुले आपुलाई माच पाउनासाथ लोकतन्त्रका लागि लड्ने ज्युँदो सहिदका रुपमा आपुलाई व्याख्या गर्न कहिल्यै चुकेनन् । उनीहरुको अभावमा यस मुलुकमा कुनै परिवर्तन नै सम्भव नभएको अर्थ दिन कसरत गरिरहे । तर विगत उनीहरुको दिमागमा कहिल्यै प्रकट भएन । परिणामस्वरुप उनीहरुकै कारणले जनतामा द्वन्द्व सिर्जना भयो । जनतामा शान्ति कायम भएर होइन द्वन्द्व कायम रहेपछि मात्र उनीहरुको राजनीतिमा चारचाँद लाग्ने सम्भावना उनीहरुले देखे । त्यसैले उनीहरु विगतका आफ्ना वचनबद्धता स्थिति र अवस्थालाई स्मरण गरेनन् । परिणामस्वरुप माओवादी विद्रोह सुरु हुन पुग्यो । यसबाट पाठ सिकेर अब नेपाली राजनीतिज्ञले विगतलाई नविसर्ीकन वा पछाडि फर्कदै र हेर्दै अघि बढ्नु आवश्यक छ ।
आम जनमानसको प्रवृत्ति के भने जति समस्या छन् त्यसले आफुलाई मात्र प्रभाव पार्छ भन्ने सोच । आफ्ना समस्या ठूला र अरुका साना भन्ने मानसिकता । म एक्लोले यति जाबो खराब काम गर्दैमा के फरक पर्छ र भन्ने चिन्तन । यही सोच मानसिकता र चिन्तनले हामीलाई हाम्रो मुलुक र विश्वलाई बढी स्वार्थी बनाइ रहेको छ । मैले जीवनमा के आर्जन गरें त्यसमध्ये समाजका लागि कति र स्वयंका लागि कति भन्ने चिन्तन गर्ने प्रवृत्तिको विकास हुन सकिरहेको छैन । यस विषयमा मानवजातिले दोहार् याएर सोच्नु आवश्यक छ । म आफ्नालागि यति कमाउँछु यति आर्जन गर्छु भनेर सपना देख्दादेख्दै मानिसको उमेर ढलिसकेको हुन्छ । हामी मानिसको औशत आयुमा कति बाँच्यौं र अब कति बाँच्छौं भन्ने सत्यलाई भुलेर व्यक्तिगत स्वार्थका लागि दुवै हात फिजाएर सोहोरिरहेका त छैनौं यो अत्यन्त संवेदनशील पक्ष हो । वास्तवमा यही प्रवृत्ति समाजमा द्वन्द्व बढाउने कारक पक्ष बनेर रहेको छ ।
हामी किन यसरी स्वार्थी बन्छौं के यसमा हाम्रो एक्लैको मात्र दोष छ होइन । यसमा पहिलो दोष आफ्नै भएपनि दोस्रो नम्बरमा दोष समाजको पनि छ । हामीले जन्मकालदेखि पाएको सँस्कार समाजबाटै हो । समाज हामीलाई इर्श्या गर्न सिकाउँछ अरुको कुरा काट्न र अरुलाई होच्याएर आफुमाथि जान सिकाउँछ । बाबुआमा काकाकाकी दाजुभाउजुबाट हामीले बाल्यकालदेखि नै यही पाठ सिकिरहेका हुन्छौं । इर्श्या हाम्रो अभिन्न अंग बनेर हामीसँगै हुर्किरहेको हुन्छ । यसले हामीलाई अन्ततः कम मानव र बढी दानव बनाइदिन्छ । हामी भौतिक ऐनाअगाडि उिभंदा मानव देखिए पनि भित्रभित्रै सिङ उमि्रएको दानव बनिसकेका हुन्छौं ।
वस्तुतः यी आदि विषयमा समाजको पनि हात हुन्छ तापनि समाज थुप्रै “म” मिलेर बनेको हुन्छ भन्ने सत्यलाई बिस्रनु हुन्न । त्यसैले समाजका हरेक व्यक्तिले शुद्धीकरणको प्रारम्भ अरुबाट होइन “मबाट ” थाल्नुपर्छ । आकासतिर फर्किएर थुक्दाथुक्दा हामीले आफ्नो अनुहार कुरुप पारिसक्यौं समाज विकृत भैसक्यो अब यसलाई आत्मशुद्धीकरणको अभ्यासले पुनर्जीवन दिनुछ । नेपालमा आज “नयाँ नेपाल” को मन्त्र बारम्बार दोहोर् याइने गरेको छ । यसका लागि आत्मशुद्धीकरण आधारभूत आवश्यकता हो । आफुलाई बिर्सेंर नयाँ नेपाल तयार हुँदैन । मन-मस्तिष्कमा सामन्तवाद हुर्काएर लोकतन्त्र आउँदैन । व्यवस्था त एउटा माध्यम मात्र हो त्यसलाई दोष दिने तर आफुभने शुद्धीकरणमा नलाग्ने होभने परिवर्तन सम्भव छैन ।