Jump to content

User talk:Achyut 1966

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

मनन गरौ !

[edit]

हामीले बारम्बार सुन्दै र भन्दै आएका छौ कि प्रेम र युद्धमा सबै कुरा जायज नै हुन्छ , त्यस्तै राजनीतिमा पनि सत्ता प्राप्त गर्न साम , दाम ,दण्ड र भेद सबै प्रयोग गरिन्छ यो पनि जायज नै हो। ती प्रयोगहरु राजनीतिज्ञहरुको आफ्नै स्वार्थका लागी प्रयोग हुन्छ कि राष्ट्रका लागी ? यो नै मुख्य कुरा हो। लोकतन्त्रमा जनताको विश्वास प्राप्त गर्नु नै राजनीतीको प्रमुख लक्ष्य हो भने त्यसको सहि सदुपयोग नै राष्ट्र प्रतिको इमान्दारिता हो। यहि इमान्दारिता नै राष्ट्रको समुन्नतिको आधारशिला हो। यो एक राजनीति र राजनीतिज्ञको नैतिकता पनि हो। राजनीतिमा नैतिकताको सवाल पूर्णरुपमा स्वीकार हुनु पर्दछ। राष्ट्र र जनताको बर्तमान परिस्थिति प्रति उत्तरदाइत्व हुदै राष्ट्र निर्माणका निमित्त राष्ट्रिय पुँजीलाई राष्ट्र र जनताको हितमा मात्र लागु गरिनु पर्दछ यसका लागि त्याग , संघर्ष र एकताको अति आवश्यक पर्दछ। जुन कुरा आज हाम्रो धरातलमा भएका राजनीति दल र तिनीहरुका राजनीतिज्ञहरुमा पईदैन , किनकि यिनीहरु सबै वुजुर्बा राजनीतिमा विश्वास गर्दछन।

                   अर्को कुरा राजनीति भनेको अर्थ शास्त्रको विस्तार हो। अर्थ बिना राजनीति व्यर्थ हुन्छ। अर्थ प्रतिको सोच हाम्रो राष्ट्रका नेतृत्व वर्गहरुमा पाइदैन , पाइन्छ त  केवल व्यक्तिगत अर्थ सुदृकढीरण मात्र।  राजनीतिज्ञ हरु चुनाव जित्नका लागि वा सत्ता प्राप्त गर्नका लागि ठुला मालिकहरु अर्थात विदेशी दलाल , माफिया र भ्रष्ट ब्यापारीहरुको सेवामा लिप्त भएका हुन्छन र छन् पनि जसका कारण पुरै देश भ्रष्ट्राचारको दलदलमा फस्दछ र फसेको छ पनि । यी सामान्य कारण हरुबाट नै यो तय गर्न सकिन्छ कि वुजुर्बा र व्यक्तिगत सोच भएका राजनीतिज्ञ हरुबाट न त राजनीति दल न त राष्ट्र नै अगाडी बढ्न सक्छ। सबै राजनीतिज्ञ खराब भने हुदैनन। तसर्थ  दलका कार्यकर्ता हुन वा जनताबाट  त्यसको सहि विश्लेषण हुन जरुरि छ।  दलका कार्यकर्ता पनि त  देशका जनता नै हुन प्रथमत उनीहरुको हातमा नै दलको सक्षम नेतृत्व छान्ने जिम्मेवारी  हुन्छ र त्यहि जिम्मेवारी  लाई मुहुर्त रुप दिनका निमित्त हाम्रा भन्दा पनि राम्रा नेतृत्वको चयन तर्फ लाग्नु नै दल भित्रको मात्र नभई राज्यको आवश्यकता हो।  चेतना भया :