User:Nawinrai
I am Nawin P. kulung belongs to Rai community and hindu relegion by birth. Actual my birth place is Zoom which is situated at the West Sikkim above Jorethang Town, South Sikkim but recently I am living at Gangtok (Capital of Sikkim-India). As per my education is concerned I completed my primary to Jr. High education from my village, Zoom Jr. High School, Govt. of Sikkim, and I completed Secondary Education from Govt. Sec. School, Chakung, W. Sikkim and gradually I completed Sr. Secondary education from Govt. Soreng Sr. Sec. School, W. Sikkim in 2004. I have done B.com Degree from Govt. College Tadong, gangtok in 2008 after that I served as a teacher at Soreng Sr. School for 3 years. In 2011 I resigned and began to serve as Designer in Printing Presses. Now, today I serving layout setting designer at "SIKKIM EXPRESS" daily news paper at Gangtok.
माघे मेला... नविन तोमाच्छास्
‘मेडम, मेलाले गर्दा गाड़ी भित्र लान दिँदैन,भरै जाने बेलामा फोन गर्नु होस् है, गाड़ी अलि पर राख्छु....’आफ्नो गाड़ीबाट उत्रिदै गरेकी रिन्छेन मेडमलाई ड्राइभरले भन्यो। त्यो तल्लो गल्लीबाट ड्राइभरले गाड़ी दाँयातर्फ घुमायो। रिन्छेन मेडम एकलै त्यो ठूलो पीपलको फेदमा एक क्षण उभिन्।उस्तै थियो त्यो पीपलको बोट। लक्ष्मी भिडयो हल त्यही नै थियो। त्यो भाँड़ा दोकानहरू, लुगा सिलाउने टेलर, लुगा दोकानहरू....। उनी दाँयातर्फका दुवै गल्लीहरू हेर्दै, पर घुम्ती पुगिन्.....। ‘.... त्यस ताकका हाट घरहरू बदलिएछन्’ मन मनमा सोँच्दै उनी सिक्किम मेडिकलबाट मोड़िएर जेटमलतर्फ लागिन्। पहिले झै मेलाको खचाखच थियो। जेटमल आई उनले माथिल्लो गल्ली हेरिन्, कच्चा गड्डीहरू त्यस्तै नै थिए।प्रधान दाईको दोकानमा पुराना नेपाली गीत त्यसै गरि बजी रहेको थियो। ‘जोरथाङ्ग बजार कति त परिवर्तन भएछ तरै पनि कति त त्यस्तै रहेछ। मैले जोरथाङ्ग कहिले पनि यस्तो छ भनि सोँचेकी थिँइन.....।’ मेडम रिन्छेनले मन मनमा सोचिन्। साथी रिन्छेन्, सर्वप्रथम नमस्कार....! म पनि तिमी झै टाड़ा-टाड़ाको साथीहरू बनाउन साह्रै रूचाउछु। यो गान्तोक रेडियो मार्फत: पत्र मित्रता कार्यक्रममा तिमीले नाम दिएकी रहेछौ। सो म पनि यो कार्यक्रम सुन्ने गर्छु। हुन त म गान्तोक कहिल्यै आएको छुइन, मात्र सिक्किमको राजधानी भनी जानेको बाहेक केही थाहा छैन। म त पश्चिम सिक्किमको एउटा धुलो उड़ने गाउँमा छु, र हालै नौं श्रेणी उर्त्तीण गरि कक्षा दशमा गएको छु। कार्यक्रम मार्फत तिमी पनि मेरै द्वालकी रहेछो भन्ने थाहा पाएँ र यो पत्र कोर्न गएँ। हुन त हाम्रो रहन-सहन र स्थर नमिल्ला तरै पनि मित्रतामा कुनै स्थर हुँदैन, यो कुरा विश्वास गर्छौ य गर्दैनौ। यदि विश्वास गर्छौ भने म पनि तिम्रो टाड़ोको साथीहरू मध्ये एक हुन चहान्छु....। आजलाई इति..... म उज्वल। ‘...आखीर कस्तो साथी छ होला उज्वल भन्ने? कस्तो होला उसको गाँउ? यहाँ जस्तो खचा-खच त पटक्कै छैन नै...। गाँउ, वर-पर घर होला, काटका घर, सीरूले छाएका छाना, गाई गोठ, घरमा विहानै भाले बास्दो हो...।’ प्रिय साथी रिन्छेन, पहिले मलाई मित्र बनाएकोमा धन्यवाद। हुन त तिमी त्यहाँका धनी-धनी साथीहरूसंग पढ़छौ। हामी त धुलोमा मिलेका छौं तरै पनि एक मित्रताको नाताले यो खबर दिन मन लाग्छ। अब जारथाङ्ग बजारमा १४ जनवरी देखि माघे मेला शुरू हुन्छ, जो मेरो गाउँबाट २० मिनटको बाटो पर्छ। यदि एक चोटि यो मेला हेर्ने इच्छा भए स्वागत छ। फेरि-फेरि मौका होला या नहोला...। यदि आएमा फेरि पत्र कोर्दा ढीलो हुन्छ। यसैले त्यो दिन म जोरथाङ्ग बजारको जेटमल भन्ने ठाउँमा उभेको हुन्छु। तिमी जेटमल सोध्दै आउँदा हुन्छ। सुर्ताउनु पर्ने छैन, म चार बजे सम्म त्यहि पर्खुला। अँ म पहेलो हाफ जेकेट भने लाउने छु चिन्नको लागि। लौ त आजलाई इति म उ..... कस्तो अनजानको हाम्रो मित्रता यित गहिरो बसेथ्यो। ती दिनहरू नै कति राम्रा थिए। कसैको मोबाइल थिएन। मनमा एक किसिमको मीठो प्रश्नहरू ....उ कस्तो देखिदै हो? स्वर कस्तो होला ? मैले हतार-हतार साथ आमा-आपालाई जोरथाङ्गमा सपनाले मेलामा बोलाएको छ भनी झुटो बोल्न कति जानेकी...। त्यही त थिए मेरा खुल्ला दिनहरू। आउने दिनहरू त कस्तो परिश्रमी दिनहरू थिए त्यो मलाई थाहै थियो। बिहान सात बजे जोरथाङ्गको बसमा चढ़दा अलि कता पनि डर लागेन।को थिइन् सपना म आफैलाई थाहा थिएन। घरमा कस्तो-कस्तो कुराहरू ठीक्क पारी हिड़ेकी...। मेरो मुहारमा एक शुशीको चल्कीई। आखामा पहेलो हाफ जेकेटको दृष्य, मनमा जेटमल मात्र थियो, त्यो पनि कतै नाम बिर्सी पठाउछु की भनेर सानो चीटमा जेटमन लेखेर पकेटमा राखेकी...। कति लामो बाटो, झन एक चोटि त जोरथाङ्ग भनेर मल्लीमा नै उत्रन खोजेकी...कस्तो अचम्म। ‘बहिनी जोरथाङ्ग पहिलो चोटि हो ?’ एक महिलाको प्रश्न पनि सुन्न परेथ्यो। जोरथाङ्गमा आएर म बसबाट उत्री त्यो एस० एन० टी० मा एक चोटि अलमल परेथें। म बाहिर निस्केर मान्छेलाई सोध्दै जेटमल सोध्दै तेर्सो लाग्दा नेपाली पुरानो गीत बजिरहेथ्यो एक दोकानमा। हेर्दा प्रधान इन्टरप्राइज बोर्ड थियो। म जेटमल पुग्दा पहेलो हाफ जेकेट लाउने कोही पनि देखिन। मेरै द्वालका तीनजना केटाहरू उभेर गफ गरेको देखेर मैले पुन: एक चोटि जेटमन यही हो भनी प्रश्न गर्न परेथ्यो। त्यही क्षण एक जना केटो हातमा चारवटा आइस क्रीम लिएर आयो। अचानक उनीहरू बीच एक जनाले उज्वल भनेको सुनें। त्यो क्षण मात्र मैले उसलाई राम्ररी हेरें पहेलो हाफ जेकेट लाएको थियो। ‘तपाईहरू कसैलाई पर्खनु हुदैछ?’ मैले सोधें। ‘हजुर, गान्तोकबाट साथी आउने भन्थे’ उज्वलले जवाब दियो। ‘आउछ के त ......’ यति भनि म हाँसी पठाँए। ‘रिन्छेन.....!’ उज्वले थाहा पाइ हाल्यो। हाम्रो भेट कति अचम्म लाग्दो भो। उसका साथीहरू विमल, जीवन र दिगम....कति मिलापी हून्। हामी एका-अर्कामा रमाउदै तल्लो गल्लीतिर गयौं। उज्वले यो हाट घर, यो लक्ष्मी भिडियो हल, यो पीपल युगौं देखि छ, यो गल्लीमा मेला गए पछि आइतबार र बुधबार घाटमा सब्जी पसल हुन्छ, यो खेल मैदान....यस्तै अनेकौं जोरथाङ्गका बारेमा जानकारी दिँदै थिए, मानु म कहि बिदेशबाट आए झै गरि...। खेल मैदान को पल्ली पाटामा रोटेपिङहरू, थरी-थरीका खेलहरू, हैटलहरूको ताँती, मान्छहरू खचाखच। रमाउदा-रमाउदै हामीले खाजा खान सम्म भुलेथ्यों। एउटा होटलमा पसेर खाएको काँचो मोमो, त्यो पनि मान्छहरू होड़ बाजी। त्यो दिन हामी भन्दा खुशी अरू छैनन् झै लागि रहेको थिय़ो। हुन त त्यो हाम्रो उमेरै उढने उमेर उएकाले होला जस्तो पनि लाग्छ। दिनभर हामी त्यो मेलामा रोसिएर बेलुकी पख बिड़ेर उज्वलको घर गएको त्यो अध्यारो रातमा.....। आजको समाजमा हुनु हो त चार युवक माझ म एक युवती। थाकेर उकालो हिड़न नसक्दा उनीहरूले पालै-पालो हातबाट उकालो तानेर हिड़नमा सहायता गरिरहेका थिए। घरमा उज्वलका आमा छोराका साथीहरू आउदा कति खुशी भएकी....। सानी बहिनी सम्झना तेस्रो श्रेणीमा अध्ययनरत थिइन्। भोलि उज्वलका साथीहरू त फर्की हाले तर म बसें। एक दिन उसको घरमा फेरि बसेर अर्को दिन मलाई पुऱ्याउन जारथाङ्ग उज्वर, आमा र बिहनी सम्झना झरेका थिए। जारथाङ्ग बजारमा केही बेर रमाएर म ११:३० बजे गान्तोकको बसमा फेरि चढ़ें। एकै क्षणमा हामी बीच विरमाइलोको वातावरण भएथ्यो। कति मीठो थियो त्यो परहरू। सोह्र वर्षे जवानी साँचै मैले रमाए। अब फेरि यसरी भेट हुने हो या होइन कसैलाई थाहा थिएन। यसरी नै समय त बित्न थाल्यो। प्रिय रिन्छेन दिदी, नमस्कार, आज यो पत्र तपाईको मिल्दो साथीको होइन तर बहिनी सम्झनाको हो। आज त हामी छुटेको पनि नौं वर्ष भई सकेछ। म कक्षा बाह्रौंमा विज्ञान लिएर पढ़दैछु। सायद तपाई त पढ़ि सकेर ठूलो मेडम हुनु भयो। तर घरि-घरि तपाइको पत्र भने आइ रहदा त्यही समय छ झै लाग्छ। दिदी तपाईलाई सत्य कुरो बताउनै डर भएर आमाले पत्र लेख्नु रोक्नु हुन्थ्यो तर आब त तपाईले पनि वास्ताविक्ता जान्ने समय आएको छ कारण तपाई कतै झुठो आशमा बस्न भएको छ कि भन्ने डर लाग्न थालेको छ। दिदी उज्वल दाज्यु दशौं कक्षामा पास हुन भएन। सबै साथीहरू पास भए, जीवन दादा, दिगम दादा र विमल दादा पनि...। एक समय त दाज्यु उदासले निक्कै दुप्लो भएथ्यो। तपाईको पत्रले घरि-घरि खुशी दिने गर्थ्यो। केही दिन बाद गाँउका दाज्युहरूसंग सीलाङ्ग खोईला खानीमा काम गर्न जाने भए। गएर तीन चार महिना त राम्रो कमै गरि खर्च पठाउनु भयो तर पछि अचानक गाउँका दाज्युहरू खबर ल्याएर आउनु भयो कि उनी सुरूङ्ग भत्केर पुरिए। घरमा विना लासको क्रिया गरियो। आज-भोलि त आमा र म मात्र छौं, ....भनौं बानी बसाल्यौं। अरू दाज्युहरू पनि व्यस्त हालन्, आउदैनन्। दिदी यो चिट्ठीको अन्तमा मेरो फोन नं० दिएको छु । फोन गर्नु होला, अन्य बात हरौंला। सम्झना। ‘दिदी मलाई चिन्न भयो? म सम्झना’ रिन्छेन मेडमको ध्यान भङ्ग भयो। त्यो तेस्रो कक्षाकी सानी सम्झना ठूली भई सकेकी थिइन। ‘सम्झना बहिनी, तिमी कति ठूली भएछौ नी? राम्री त पहिल्यै थियौ।’ ‘तपाई पनि त गान्तोकमा कति ठूलो मेडम हुन भएछ....सायद यो माघे मेला नभएको भए हाम्रो भेट पनि हुने थिएन होला....’ सम्झनाको बोलीमा त्यो बालकपन कता-कता अझ पनि झल्कीदै थिए। ‘हो नि बहिनी सायद....तर यो मेलामा कति मान्छेहरू खुशी देखे पनि कति कति भित्र-भित्रै यस्तै कथाहरू लिएर आएका होलान्...’ रिन्छेन् मेडम त्यो भीड़ हेर्दै मन मनमा भन्छिन्...।।
समाप्त