Jump to content

User:Bhumisaudenlimbu

From Wikipedia, the free encyclopedia

लिम्बु संस्कार सस्कृति

याक्थुङ्ग (लिम्बू) नेपालमा बसोबास गर्ने एक आदिवासी जाति हो। याक्थुङ भनिन्ने लिम्बुहरू पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुङ भनिन्छ भने उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्हबूरूको थातथलो हो र भुगोल- लिम्बुवान हो

लिम्बुहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। मुन्धुममा आधारित आदिम मौलिक धर्म युमा साम्यो ( युमा धर्म ) र यश सङ्ग अन्तर सम्बन्धित मौलिकता सग भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा येमा हरुले गर्दछन्। लिपि “सिरिजङ्गा लिपि” हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो।