Jump to content

User:Bhim Rai

From Wikipedia, the free encyclopedia

Bhim Rai बुबा पञ्चशेर राइ र आमा धनमायाँ राइबाट २०२२ साल बैशाख ९ गते बुइपा ३, खोटाङ्गमा जन्मनु भएका भिम राइले बुइपाकै सहयोगी प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा र बुइपा बजारकै चम्पावती माध्यामिक विद्यालयबाट माध्यामिकस्तरको शिक्षा हासिल गर्नुको थियो भने सन् १९८४ फेब्रुअरी ७ मा धरानबाट सैनिक जीवनको शुरूवात गर्नुभएको थियो ।

हङकङबाट एक वर्षको सैनिक तालिम लिएपछि तत्कालिन गोर्खा ट्रान्स्पोर्ट रेजीमेण्टसँग आवद्ध भई करिब ५ वर्ष हङकङमा काम गरेपछि वेलायतको साण्ड्रष्टमा काजमा सरुवा हुनुभएको थियो । सन् १९९० को प्रथम खाडी युद्धकालागि साउदी अरवमा जानुभएको राइले युनाईटेड नेशन अन्तर्गत शान्ति स्थापनार्थ धेरैपटक खटिइनु भएको थियो । सन १९९२ मा र्साईप्रसमा ६ महिना, दक्षिण कोरियामा ३ महिना, बोस्निया हर्जगोभिना, कोसोभोलगायतका ठाउँहरुमा उहाँले संयुक्त राष्ट्र संघीय पिस किपिङ्गमा काम गरिसक्नु भएको छ ।

सन् १९९४ देखि लगातार बेलायतमा नै रहदै आउनुभएका भिम राइले बृटिश गोर्खाजको नेपालस्थित कार्यालयमा समेत काम गर्नु भयो भने सन् २००३ मा इराकको बर्तमान युद्धमा समेत भाग लिनु भएको थियो । सन् २००४ मा स्टाफ र्सार्जण्टको पदमा सैनिक जीवनबाट अवकाश लिनुभएका भिम राइले आफ्नो २० वर्षो सैनिक जीवनको सबैभन्दा ठुलो उपलब्धी भनेको अनुशासित रहन सिकेको बताउनु हुन्छ । युद्धभूमिमा जानु पूर्व आफ्नो अनुभव वताउँदै उहाँ भन्नुहुन्छ "शुरुमा डर लाग्दै नलाग्ने होइन त्यो मानवीय गुणनै हो तर अभ्यस्त भएपछि सामान्य हुन जादो रहेछ । त्यतिवेला आणविक हतियारको प्रयोग भएको भए लर्डाईमा गएका सम्पूर्ण मान्छेहरु मथ्यौँ तर सौभाग्यवस त्यस्तो भएन ।"

लामो समय बृटिस गोर्खा सेनामा काम गर्नु भएका भिम राइले गल्फ वार मेडल, युएन मेडल र्साईप्रस, युएन मेडल कोसोभो, युएन मेडल वोस्निया, लङ्ग र्सर्भिस गुड कन्डक्ट मेडल, इराक वार मेडल, क्वीन्स जुब्ली मेडल जस्ता थुप्रै पदक पाउनु भएको छ । सेनाबाट अवकाश लिनु अघि बेलायतमा आफ्नो भावि जीवनका बारेमा विचार गर्नु भएको कुरा बताउँदै उहाँ भन्नुहुन्छ "म रिटायर्ड हुँदा अहिले जस्तो आइ एल आरको ब्यवस्था थिएन । वेलायत आउन कठिन थियो तर मैले भने २० वर्ष ट्रान्सपोर्टमा काम गरेको अनुभवका आधारमा केही ट्रान्सपोर्ट सम्वन्धी काम खोजेँ र स्वेन्जीको एउटा कम्पनीमा ट्रान्सपोर्ट म्यानेजरमा काम पाएँ । अवकाश लिएर काठमाण्डौ जानु अघि उक्त कम्पनीको लागि वर्क परमिट पाएपछि भिसा लिएर परिवार सहित बेलायत आएको थिएं ।"

जी आर एस नामको कम्पनी सञ्चालन गरिरहनु भएका भिम राइले आफूले कम्पनीमा काम गर्दा नै ३५ जना भूतपूर्व गोर्खा सैनिकहरू ल्याएर ड्राइभरको काम लगाई दिएको बताउनु हुन्छ । सन् २००४ मा किरात राइ यायोख्खा युकेको स्थापना हुँदा उहाँ सल्लाहकार भएर काम गर्नु भयो भने सन् २००६ मा भएको निर्वाचन पछि उहाँले अध्यक्षको पद सम्हाल्नु भएको छ ।

यायोख्खाको युकेको उद्देश्यको बारेमा बताउँदै भिम राइ भन्नुहुन्छ "प्रत्येक वर्ष किरातीहरुले मनाउने चाड साकेला पर्व मनाउने र बेलायतमा रहने गरेका करिव ३ हजार राइहरुलाई परिआएका समस्यामा सहयो गर्ने हाम्रो उद्धेश्य रहेको छ । बच्चाहरुको शिक्षा, वैवाहिक सम्वन्ध, मृत्यु सँस्कार र दुःख सुखमा सहयोग गर्नु किरात राइ यायोख्खाको उद्धेश्य हो ।" उहाँ भन्नुहुन्छ "आफ्नो धर्म, सँस्कृतिको रक्षा गर्दा अरुको धर्म संस्कृतिमा असर पर्नु हुँदैन र कसैको धर्म र सँस्कृति नष्ट वा लोप हुन दिनु हुँदैन ।"

भिम राइको अध्यक्षतामा रहेको किरात राइ यायोख्खा युकेले बेलायत तथा नेपालमा विभिन्न कामहरु सम्पन्न गरिसकेको छ । प्रदिपकुमार राइ -ब्याकुल माईला) द्वारा सृजित राष्ट्रिय गान केही समय विवादास्पद रहनुलाई आधारहीन मान्नेे सस्थाहरूमध्ये किरात राइ यायोख्खा युके पनि एक हो । भिम राइ भन्नुहुन्छ "ब्याकुल माईलाको राष्ट्रिय गान रोकिनु हुन्न भनेर हामीले काठमाण्डौमा पत्रकार सम्मेलन गर्यौं र उनको योगदानको प्रशंसा गर्दै उनलाई सुनको कलम प्रदान गरेका थियौं ।"

यसका अलावा भूतपूर्व सैनिक र्सार्जण्ट तिलकराम राइकी छोरी सुश्री दिपकला राइको मृगौला प्रत्यारोपणको लागि किरात राइ यायोख्खा युकेले २ लाख २ हजार २२२ रुपैया सहयोग पुर्याएको समेत अध्यक्ष राइ बताउनु हुन्छ । साथै किरात राइ यायोख्खा युकेले आफ्नो प्रथम वारि्षक स्मारिका 'रावा खोला' समेत प्रकाशित गरिसकेको छ । यसका साथै यायोख्खाले अल्डरसटमा किरातीहरुको चाड साकेला पर्व भव्यतापूर्वक सम्पन्न गरिसकेको छ जसमा करिव ३ हजारको सहभागिता रहेको अध्यक्ष राइ बताउनु हुन्छ ।

यायोख्खाले आगामी अगष्ट महिनामा विशाल बीबीक्यू कार्यक्रम गर्ने भएको जानकारी दिदै उहाँले उक्त कार्यक्रममा बेलायतमा रहेका सबै किराँत बन्धुहरूलाई आमन्त्रण समेत गर्नु भएको छ ।किरात राइ यायोख्खाका अध्यक्ष भिम राइ गैर आवासीय नेपाली संघ बेलायतको कार्यकारी सदस्य समेत हुनुहुन्छ ।

गोर्खा आन्दोलनका सम्वन्धमा भिम राइ भन्नुहुन्छ "गोर्खा आन्दोलन एकदम जायज छ, तर सबै गोर्खाली संगठन एक भएर एउटै छातामुनी रहन मञ्जुर भएमा गोर्खा आन्दोलनलाई समर्थन, सहयोग र ऐक्यवद्धता जनाउने छु अन्यथा निस्कृय रहनेछु ।" सन् १९८७ मा खोटाङ्ग, बुइपाकी तारादेवी राइसंग वैवाहिक जीवन गाँस्नु भएका राइदम्पतीबाट एक छोरा जेशन राइ र एक छोरी रेवेका राइको जन्म भएको छ । छोरा जेशनले अहिले कलेजमा अध्ययन गर्दैछन् भने छोरी रेवेकाले स्कुलमा अध्ययन गर्दैछिन् ।

अध्यक्ष भिम राइलाई नेपाली दाल, भात, तरकारी मन पर्ने खाना हो । करिव ३० वटा भन्दा बढी देश घुम्नु भएका राइलाई सबैभन्दा बढी मन परेको देश स्वीजरल्याण्ड हो भने उहाँले नेपाली, अँग्रेजी तथा चाम्लिङ्ग भाषा बोल्न सक्नुहुन्छ । विशेष गरी नारायण गोपालका गीत, सङगीत मन पराउनु हुने राइले फुर्सदको समयमा गल्फ खेल्न मन पराउनु हुन्छ । उहाँ भन्नुहन्छ "गल्फ भनेपछि मैले सबैकुरा भुल्न सक्छु । जीवनको उत्तरार्ध समेत गल्फ खेल्ने ठाउँ रहेको गोकर्णमा नै विताउने छु ।"

उहाँलाई मन परेका अन्तर्राष्ट्रिय व्यक्तित्वहरुमा डा. मार्टिन लुथर किङ्ग हुन् । डा मार्टिन लुथर किङ्ग ले २८ अगष्ट १९६३ मा लिङकन मेमोरियल वासिङटन डी सी मा दिएको भाषण आई हायभ अ डि्रम -म सँग एउटा सपना छ) भन्दै जातीय समानताको लागि दिएको भाषणबाट अत्यन्तै प्रभावित भएको उहाँ बताउनुहुन्छ ।

नेपालमा चर्चाको विषयको रुपमा रहेको संविधानसभाको निर्वाचनमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने उहाँको राय छ । उहाँ भन्नुहुन्छ "संविधानसभा चाँडो हुनर्ुपर्छ र संविधान सभाले नेपाललाई संघीय गणतन्त्र तर्फ लैजानु पर्दछ ।" देश छोडेर विदेश आएका नेपालीहरुलाई उहाँ भन्नुहुन्छ "हामीले देशबाट के पाइन्छ भन्ने भन्दा देशलाई के दिन सकिन्छ भन्ने मान्यता बोकेर अगाडि आउनु पर्छ । यसका लागि हामीसंग दुइ वटा विकल्पहरु छन् । प्रथम पैसा कमाएर देश प्रति सहयोग गर्ने र दोस्रो पैसा कमाउन सकिएको छैन भने आफूले आर्जन गरेको अनुभव र सिपलाई देश विकासमा लगाउनु पर्दछ । तव मात्र सच्चा देशभक्त भएको ठहरिन्छ ।"

बेलायतमा रहेको नेपाली समाजमा एउटा ठुलो हिस्सा ओगट्ने राइ समुदायका अध्यक्ष तथा बेलायतको साझा सँस्था गैर आवासीय नेपाली संघका सदस्य भिम राइको योगदान नेपाल र बेलायतको नेपाली समुदायको लागि महत्वपूर्ण हुनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ ।